Welcome to Mahakali Secondary School
logo
Location Thakre-2, Simle, Dhading

ABOUT US

ऐतिहासिक पृष्ठभूमि

यस गा.वि.स.को माझ भूमेस्थान भन्ने ठाँउमा भूमेकाली देवीको स्थान रहेको हुँदा गा.वि.स. को नाम भूमेस्थान राखिएको र भूमेस्थान ६ सिम्लेमा रहेको यस विद्यालयको नाम यसै गाँउमा अवस्थित कालीदेवीको नामबाट महाकाली मा.वि. नामाकरण भएको कुरा स्थानीय अग्रज व्यक्तित्वहरु तथा अग्रज शिक्षकहरुबाट अवगत हुन्छ । यस गा.वि.स. भित्र घैरुङ देवी, कुचुली देवी, कालीदेवी, लाटी देवी, भूमेकाली आदि देवीको नामबाट नै यस गा.वि.स. भित्रका धेरै जसो विद्यालयको नामाकरण गरिएको छ । यस गा.वि.स. अन्तर्गतका प्रमुख ठाँउहरु, संग्रामटार, सल्ले, चालिसे, निगाले, लेखमल्डुङ्ग, मल्डुङ्ग, अमर्खु, लामागाउँ, आरुखर्क, देवीस्थान, कार्कीडाँडा, चौफाँट, खयरघारी, सिम्ले, कोइराले प्रख्यात गाउँहरु रहेको छ । यस गा.वि.स.लाई पृथ्वीराजमार्गले ६ कि.मि. चिरेको छ । २०३७ साल अगाडिसम्म यस विद्यालय रहेको ठाँउ राजधानीसँग जोडिएको ठाँउ भएपनि ‘बतिमुनिको अँध्यारो’ जस्तो थियो । सिम्ले छोटेखर्क ग्रामीण सडक तथा महादेववेसी आग्रा ग्रामिण सडक प्रयोगले यो ठाँउलाई थप सुगम र विकसित बनाउन मद्दत गरेको छ साथै यी ग्रामीण सडकहरुले यस ठाँउलाई एउटा व्यापारिक केन्द्रको रुपमा स्थापित गर्न सघाउ पु¥याएको छ । २००७ सालमा राणाकालिन शासनको अन्त्य प्रजातन्त्रको आगमनसँगै शैक्षिक संस्थाहरुको स्थापना क्रम तिव्र भए पनि यस ठाँउमा २०२८ सालतिर आएर मात्र विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने सोच यहाँका अग्रजहरुको मानसपटलमा आएको पाइन्छ । तात्कालिन गा.पं. का गाँउपञ्च स्व. श्री कृष्ण बहादुर हमालज्यूको कार्यकालमा भूमेस्थान –६ का वडा अध्यक्ष स्व. श्री पूर्ण सिंह तामाङज्यूबाट गा.पं. को बैठकमा विद्यालय स्थापनाको प्रस्ताव ल्याई सो प्रस्तावलाई पारित गरी विद्यालय भवन बनाउने ठाँउको खोजी हुँदा गोगनपानी–८ निवासी स्व.योगशंकर अमात्यको स्वामित्वमा रहेको भूमेस्थान –६ को जग्गा माग गर्ने भनी गा.पं. गाँउपञ्च स्व. कृष्ण बहादुर हमालको अगुवाइमा समाजका अग्रजको एक टोली स्व.योगशंकर अमात्यज्यू कहाँ गई जग्गाबारे कुरा हुँदा वहाँबाट विद्यालय निमार्ण गर्ने जग्गा प्राप्त भयो । यसै क्रममा भूमेस्थान–६ निवासी श्री जितमान तामाङको सडकले काटी बाँकी रहेको ५/७ हात जग्गा समेत समेटेको पाइयो । जग्गा प्राप्ति सँगसँगै भवन निमार्ण कार्यको थालनी सँगै पठनपाठन पनि सुरु गर्ने सिलसिलामा भूमेस्थान ८ का स्व.जगत बहादुर थापाको अध्यक्षतामा अस्थायी समिति गठन गरी भूमेस्थान–४ का श्याम राईलाई शिक्षकको रुपमा नियुक्ति गरी भवन तयार नहुँदा सम्म सिम्ले स्थित श्री दामोदर रिजालको घरमा पठनपाठन कार्य शुभारम्भ गरिएको कुरा संस्थापक सदस्यहरु श्री शेर ब. घले भू–४, श्री प्रेम ब. थापा, भू–८, श्री अम्मर ब. थापा भू–६, श्री सूर्य ब. सापकोटा बताउनु हुन्छ । शिक्षक श्री श्याम राई पश्चात् क्रमश: टिकाप्रसाद पौडेल भू–४, श्री सूर्य ब.घले र स्व.इन्द्र ब. कार्कीले एक डेढ वर्ष पालैपालो अध्यापन गराउनु भएको पाइयो । उक्त समयमा गा.पं. मार्फत् मासिक रु ५०/– का हिसाबले त.भ. बुझिलिएको कुरा टिका प्र. पौडेल बताउनु हुन्छ । तत्पश्चात् २०२९ को अन्त्यतिर बारा जिल्ला निवासी कृष्ण प्र.रिजाल भू–७ मा आफ्नो ससुराली आउँदा वहाँलाई कुराकानी गरी मासिक रु.१५०/– त.भ. खाने गरी शिक्षकमा नियुक्त गरिएको उक्त रकम संस्थापक सदस्य ज्यूहरुबाट मात्र व्यहोरिने व्यवस्था गरिएको पाइयो । यस बीचमा आम भेलाद्धारा यस ठाँउमा स्थानीय देवी महाकाली रहेकोले विद्यालयको नाम श्री महाकालL प्रा.वि. सिम्ले नामाकरण गरी अध्यक्ष श्री जगत ब. थापा र शिक्षक श्री कृष्ण प्रसाद रिजालको अगुवाइमा अनुमतिको निमित्त जि.शि.शाखा धादिङमा सम्पूर्ण कागजात पेश भयो । तत्पश्चात शिक्षक रिजाल कारणवश विस्थापित हुनुभएको बुझिन्छ । २०३० को अन्त्य तथा २०३१ को सुरुतिर कास्की सिर्कुतान निवासी स्व.भीम प्रकाश ओझा रोजगारीको खोजीको क्रममा यहाँ आइ विद्यालय सञ्चालन गर्नुभएको पाइयो । वहाँकै कार्यकालमा २०३१/९/१ मा कक्षा १ को विधिवत् अनुमति प्राप्त गरी सोही वर्ष स्थायी स्वीकृत भयो । २०३३ मा पुग्दा यस विद्यालयले कक्षा ३ को अनुमति तथा स्वीकृती प्राप्त गरेको पाइयो । तात्कालीन समयमा विद्यार्थीको चाप र भवन सानो तथा सडकको छेउका कारण विद्यार्थी असुरक्षित हुने र अगामी दिनमा नि.मा.वि. सम्म सञ्चालनार्र्थ अपुग जग्गाको कारण हाल मा.वि. सञ्चालन भइरहेको जग्गा भूमेस्थान –६ निवासी श्री कृष्ण प्रसाद रिजालको स्वामित्वमा रहेको भू–६ कि.नं. ८० बाट १–४–२–० जग्गा खरिदका लागि एकएक सय चन्दा दिने दाताहरुमा क्रमश ः – स्व.जगत ब.थापा, पूर्ण सिंह तामाङ, स्व.भीमप्रकाश ओझा, जग्गादाता श्री कृष्ण प्र.रिजाल, स्व.शेर ब.घले भू–४, श्री सूर्य ब.सापकोटा, अम्मर ब.थापा, श्री प्रेम ब. थापा भू–८, स्व.इश्वरी प्र.सुबेदी र स्व.कृष्ण प्र.रेग्मी भू–६, बाट रकम जम्मा गरिएको पाइयो । उक्त ठाँउमा नि.मा.वि. सम्म सञ्चालन गर्ने गरी भवन निमार्ण भई रहँदा २०३५ मा कक्षा ४ र ५ को अनुमति र स्वीकृति समेत पाइ २०३६ बाट नि.मा.वि. को अस्थायी अनुमति प्राप्त गरी २०३७/८/२५ मा कक्षा ७ सम्मको स्वीकृत पाएको देखिन्छ । त्यस समयसम्म विद्यालयले ४ वटा स्वीकृत दरबन्दी प्राप्त गरी निजी श्रोतबाट १ जना गरी जम्मा ५ जनाले बहुकक्षा सञ्चालन गरिएको कुरा विद्यालय अभिलेखले बताउँदछ । शै.स. २०३९/०४० बाट मा.वि. सञ्चालनार्थ एक बृहत भेलाको आयोजना भई उक्त भेलाले चन्दा सङ्कलन कार्य गर्ने र मा.वि. सञ्चालन गर्ने निर्णय गरी शिक्षा नियमावलीमा उल्लेख भए अनुसार रु.२७०००/–(सत्ताइस हजार) शिक्षा समितिमा धरौटी स्वरुप राख्नुपर्ने रकमको निमित्त चन्दा सङ्कलन समिति गठन गरी कामको थालनी हुँदा थाँक्रे–३, गोगनपानी–१,२,३,४,५,६,७ र ८ भूमेस्थान–४, ६,७ र८ वडाबाट चन्दा लिने काम गरी उक्त रकम जम्मा भई धरौटी राखी २०४० सालमा कक्षा ८ को अनुमति लिने काम भयो । यसै बीचमा केही जिम्मेवार व्यक्तिहरुबाट शैक्षिक संस्थामा धमिलोपन ल्याउने कुचेष्टा समेत भयो र त्यसको मार विद्यालयले खेप्न परेपनि सचेत अभिभावकहरुबाट समस्या समाधानार्थ प्र.अ. मा श्री पुष्प कुमार उप्रेती नियुक्ति गरी पठनपाठन कार्य सञ्चालन गरियो । वहाँबाट पनि तत्कालिन समस्या पूर्ण समाधान हुन नसकिएकोले उहाँबाट राजिनामा भई निजी स्रोतका मा.शि. गोपी कृष्ण रिजाललाई तत्कालिन विद्यालय संचालक समितिका केहि सिमित व्यक्तिहरुले प्र.अ. बनाउने काम गरेपनि त्यसबाट समस्या समाधान नभई झन् बढि समस्या र अराजकताको स्थिति निम्त्याएकाले उक्त संचालक समितिका बहुमत सदस्यहरुले यस भेगका सचेत र अगुवा अभिभावक ज्यूहरु समेतको रोहवरमा यसै विद्यालयका मा.शि. कृष्ण प्र.अर्याललाई प्र.अ. बनाएको पाईन्छ । एउटै विद्यालयमा दुईजना प्र.अ. हुँदा विवाद चरमचुलीमा पुग्न गयो र यसै सिलसिलामा कर्तव्य निष्ठ शिक्षकहरुमाथि तत्कालिन संचालक समिति अध्यक्ष र केही सदस्य समेतबाट अवकाश दिने काम भए । यसबारे जिल्लाका आधिकारिक व्यक्तिहरु यस ठाँउमा जम्मा भई समाधानको खोजी हुँदा स्व.भीम प्रकाश ओझा बाहेक अवकाश प्राप्त शिक्षकहरु कृष्ण प्र.अर्याल, महेश्वर ठाकुर र श्री ज्ञानेन्द्र पाण्डेलाई पुनः बहाली गरी समितिका अध्यक्ष विष्णु बहादुर थापालाई हटाई प्र.अ.को कार्यभार समाल्न श्री देवीप्रसाद लोहनीलाई र वि.व्य.स.को अध्यक्षमा श्री कृष्ण बहादुर भण्डारीलाई कायम गरिए पश्चात विद्यालय सुचारु रुपले सञ्चालन हुँदै रहँदा देवी लोहनी पछि प्र.अ.तारा प्र. अधिकारीलाई राख्ने काम भयो । वहाँको कार्यकाल सम्म विद्यालय ठूलो आर्थिक मारमा गुज्रिरहेको थियो । तत्पश्चात् २०४४ को भदौ तीर कल्लेरी गा.वि.स.का श्री गंगालाल तुलाधर ज्यूलाई यस विद्यालयमा प्र.अ. को कार्यभार दिई विद्यालय सञ्चालन गरियो । वहाँको कार्यकालमा विद्यालयको आर्थिक, शैक्षिक तथा भौतिक पक्षमा राम्रो प्रगति भयो । अस्थायी विद्यालय भएकोले निजी श्रोतका शिक्षकलाई त.भ. खुवाउन समस्या आएपनि दरबन्दीको निकासाबाट प्राप्त रकम बाँडीचुडी खाने काम समेत समझदारीमा भए ।त्यसपछि शिक्षकहरुमा एउटै भावनाको विकास गरी शैक्षिक पक्षलाई मजबुत पार्दै विद्यार्थीको अधिक चाप बढ्न गई आर्थिक पक्ष दरो बन्दै गयो र शि.त.भ. लगायत अन्य पक्षमा समेत आर्थिक समस्या निराकरण हुँदै गयो । २०४६ को आन्दोलन पश्चात् २०४७ मा तत्कालिन प्र.अ. राजनैतिक क्षेत्रमा जानुभएपछि नलाङ गा.वि.स. का नि.मा.शि. श्री जगत्राथ शर्मालाई यस मा.वि. को प्र.अ. मा स्थापित गरियो । वहाँको कार्यकालमा पनि विद्यालयको उल्लखनीय प्रगति भएको देखिन्छ । वहाँकै कार्यकाल (२०५२) मा यस मा.वि.ले स्थायी स्वीकृति प्राप्त गर्नुका साथै भौतिक पक्षमा अर्धपक्की दुईवटा भवन र आर.सी.सी. एउटा भवन निर्माण भए । तत्पश्चात् २०५४ देखि हाल सम्म यस मा.वि.का मा.शि.श्री कृष्ण प्र.अर्याल प्र.अ.मा नियुक्ति भै हाल सम्म कार्यरत रहनुभएको छ । २०५८ सालमा आर.सी.सी. ७ कोठे भवन निर्माण भई २०६०/०६१ मा ११ कोठे आर.सी.सी. भवन निर्माण सम्पन्न भई एक ब्लक भवन समेत ०६० मा निर्माण भएको थियो । २०७४ मा रुम टु रिड संस्थाले ४ कोठे पक्की भवन र जि.शि.काको सहयोगमा २०७५ मा अर्काे ४ कोठे पक्की भवन निर्माण भएको थियो । साठीको दशक यता यस विद्यालयले भौतिक निर्माण विद्यालयको स्तर वृृद्धि (कक्षा ११ र १२ संचालन) र शैक्षिक गुणस्तर वृद्धि तथा सुधारमा ध्यान दिनुपर्ने तत्कालिन आवश्यकता थियो र त्यस अनुसार उल्लेख्य प्रगति पनि भएको पाईन्छ ।

about_us
About Image

Who We Are

Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Ipsam incidunt inventore repellat amet corporis consectetur minus iure porro harum laudantium, nisi beatae dolores perferendis id iusto, tenetur enim voluptatem voluptatum!

What We Do

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Eos sint vero atque magni consequuntur quas veritatis aspernatur dolore quidem sequi amet commodi officia, deserunt nostrum sapiente. Tempore iure aperiam ex.

ACHEIVEMENTS

4500

Happy Parents

85

Total Courses

250

Professional Teachers

5000

Active Students